Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न


325
Shares

काठमाडौं । नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा आयोजित उक्त साधारणसभामा बंशावली समाजको इतिहास, पारिवारिक विवरण र छरिएर रहेका सन्ततीहरुको विस्तृत विवरण समेटिएको पुस्तकसमेत विमोचन गरिएको थियो । सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा. मधुसुदन गिरीले बंशावली निर्माणले सभ्य र बिकसित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले सबै जातजाती धर्म र बंशको संरक्षण गर्नु सबैको दायित्व र भोलिका पुस्तकालागि आवश्यकता भएको बताउनुभयो । एकता र मेलमिलापबाटै समाज अगाडी बढ्ने भन्दै उहाँले सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु र्जाेमा जोड दिनुभयो । दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीले २ सय १५ वर्ष अघिको पुस्ताका छरिएर रहेका सन्तानहरुलाई बंशावली मार्फत एकतामा बाध्ने काम अनुकरणीय रहेको बताउनुभयो ।उपाध्यक्ष गिरीले बंशावलीले एउटा वंश बृक्षको निरन्तरतालाई अगाडि बढाउने र हाडनाता नमिचियोस भनेर पनि तयार गरिने बताउनुहुदै यसले आफ्ना नाताकुटुम्बलाई एकताको सुत्रमा बाध्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बंशावलीका जेष्ठ सदस्यहरुलाई सम्मानित गरीएको थियो ।