Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अन्तर्राष्ट्रिय लागू औषधविरुद्ध दिवसको अवसरमा झापामा आज र्‍याली


91
Shares

झापा । अन्तर्राष्ट्रि लागू औषध विरुद्धको दिवसको अवसरमा झापामा साेमबार र्‍याली निकालिएको छ ।

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनी सहित विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको र्‍यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधि , जनप्रतिनिधि र विद्यार्थीको समेत सहभागीता रहेको थियो ।

सो अवसरमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले झापालाई लागुऔषधबाट मुक्त रोख्ने प्रतिबद्धता जनाएका थिए ।

झापामा एक वर्ष बढीको अवधिमा प्रहरीले लागू औषध कारोवारमा संलग्न ३ सय ८० जनालाई पक्राउ गरेको छ । पछिल्लो समय झापा लागू औषध कारोबारको ट्रान्जित विन्दु बन्दै गएको छ ।

Skip This