Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


बजेटमा कर्णाली सरकारको हेलचेक्र्याइँ


156
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको छ।

सरकार आफैले एकिकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोकेपछि विद्यार्थीहरूले पढाई रोक्नुपर्ने अवस्था आएको हो।

गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीहरूको विचल्ली भएको हो।

उच्च शिक्षादेखि डाक्टरसम्म छात्रवृत्तिमा पठाउन छनोट समितिमार्फत छानिएका विद्यार्थीहरू दोस्रो वर्षमा सरकारले बजेट नछुट्याउँदा बीचमै पढाइ छोड्नपर्ने अवस्था आएको हो।

उच्च शिक्षा प्राविधिक तर्फको छात्रावृत्ति रकम सरकारले यो वर्षदेखि विनियोजन नगरेपछि पढ्न पुगेका विद्यार्थीहरू अलमलमा परेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।