१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित


0
Shares

काठमाडौं, भदौ २१ । देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरुले यही भदौ ३१ गतेदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले संयुक्तरुपमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसलाअनुसार ‘सर्भिस ल’ कार्यान्वयन गर्नुपर्ने बताए ।

विद्यालयका कर्मचारीहरुले पनि श्क्षिकसरहको सेवा–सुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

शिक्षा ऐन आठौं संशोधनको दफा १६ अनुसार दरबन्दी, पदस्थापन, सञ्चयकोष, समायोजन, पोसाकभत्ता, निवृत्तभरणलगायतका सुविधाबाट आफूहरुलाई बन्चित गरिएको गुनासो उनीहरुको रहेको छ ।

ऐन कार्यान्वयन गर्न पटक–पटक गरिएको अनुरोधलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ ।