काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिकलसेल एनिमिया अस्पताल खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री मोदीले थारु अधिकारकालागि आफूले लड्दै आएको बताउँदै अधिकांश थारुहरुमा मात्रै देखिने सिकलसेल निर्मुलपार्ने अभियानमा जुट्न आग्रह गर्नुभयो । सिकलसेल रोगीहरु बीच हुने विवाह रोक्नका लागि स्थानीय पालिकाहरुले कानुन बनाउनुपर्ने मन्त्री मोदीको भनाई छ ।
कार्यक्रममा लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले सिकलसेलको जाँच तथा उपचारका लागि प्रदेशले बजेट छुट्टाएको भन्दै यो रोगको नियन्त्रणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । हाल बर्दियामा थारु समुदायको कुल जनसंख्या मध्ये १७ प्रतिशतमा सिकलसेल एनिमिया देखा परेको छ ।
प्रतिक्रिया दिनुहोस्