१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


मनसुनको समयमा रक्त संकलनमा समस्या


91
Shares

काठमाडौं । वर्षायामको समयमा आवश्यक रगत संकलनमा समस्या हुने गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा आज(बुधबार) बसन्तपुरमा आयोजित रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटीले वर्षाको समयमा नियमित रक्तदान गर्न आग्रह गरेको हो । नेपालमा धेरै जसो वर्षात, जाडोयाम र दशैं तिहार जस्तो चाडपर्वमा रगत संकलनमा कम हुने गरेको सोसाईटीले जनाएको छ ।

सोसाईटीको काठमाडौको गणबहाल स्थित उपशाखाले पनि विभिन्न समय र स्थानमा रक्त संकलन गर्दै आएको छ ।