८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल


468
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ ।

नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा गरेको अन्तरक्रियामा उहाँले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा काम गरिरहेको बताउनुभयो ।

डंगोलले देश विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताउनुभयो ।

डंगोलले मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने हुने बताउनुभयो ।

कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।