Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


छतबाट हाम फालेर एक युवाको मृत्यु


988
Shares

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएमको प्रवेश परीक्षा दिन गएका एक युवाले भवनको छतबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की रहेका छन्। शनिबार बिहान तीनतले भवनको छतबाट हाम फालेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

थप उपचारका लागि धनगढी रेफर गरिएकामा माया मेट्रो अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण औषधि सेवन गरिरहेका थिए। घटनाबारे अनुसन्धान जारी छ।