बिराज रोस्यारा
कैलाली, भदौ २० । कैलालीको चुरे गाउँपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुरे गाउँपालिका वडा नम्बर ५ निङलाडी बस्ने ३० वर्षीय पुर्णबहादुर धामी रहेको प्रहरीले जनाएको छ । धामीलाई प्लाष्टिकको झोलामा ८ सय ग्राम चरेश बोकेर बिक्रीका लागि बजार गईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरबहादुर वलीले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो । धामीलाई राति नै जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्