Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


देशका केही स्थानमा वर्षा हुने


676
Shares

काठमाडाैं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अतिशक्तिशाली चक्रवातमा परिणत भएको हाे। उक्त चक्रवात उत्तरपूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ।

शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शनिबार दिउँसो भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति भने देशभर मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ ।