७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


नक्कली सुनसहित ६ जना समातिए


0
Shares

काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ, नुवाकोटका राम तामाङ, जितेन तामाङ, काठमाडौंको नेपालटार बस्दै आएका वीरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् ।

प्रहरीले उनीहरुलाई नागढुंगामा चेकजाँच गर्नेक्रममा पक्रेको हो ।

मानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले नक्कली सुनलाई सक्कली भनेर बिक्री गरिरहेको सूचनाको आधार उनीहरुलाई पक्राउ गरिएको बताए ।

यसैगरी, प्रहरीले चितुवाको छालासहित रोल्पा निवासी २२ वर्षीय अनमोल झाक्रीलाई चक्रपथबाट पक्राउ गरी मंगलबारै सार्वजनिक गरेको छ ।

चितुवाको छाला बेचबिखन गर्नेक्रममा झाक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।