Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रिमियर लिगमा फुटबलमा आर्सनल विजयी


169
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेकाे छ।

न्युकासल युनाइटेडको मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले एक गोल गर्दा न्युकासलका फाबियन शारले एक आत्मघाती गोल गरेका हुन् । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई १–० ले पराजित गरेकाे हाे ।

म्यान्चेस्टरका गोलरक्षक डभिड डे गियाले गल्ती गर्दा वेष्ट ह्यामका खेलाडी साइद बेन्रहामाको प्रहार गोलमा बदलिएको थियो । पराजित भएसँगै म्यान्चेस्टरले तेस्रो स्थानको न्युकासललाई उछिन्ने अवसर गुमाएको छ । प्रिमियर लिगमा ३४ खेलबाट ८२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेकाे छ ।

एक खेल बढी खेलेको आर्सनल ८१ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको न्युकासलको ६५ तथा चौंथो स्थानको म्यान्चेस्टरको ६३ अंक रहेकाे छ । साथै ६२ अंक जोडेको लिभरपुल पाँचाैं स्थानमा रहेकाे छ ।