
जुम्ला । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तर सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनीयोजन गरेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा सुविधायुक्त अस्पताल भवन बनाउन लागेको हो ।
कर्णालीका दुर्गम पाँच जिल्लामा ९६ करोड २१ लाख लगानी गरी अस्पताल भवन निर्माण भइरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सब इन्जिनियर चन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार खर्च भएको रकमअनुसारको भुक्तानी सम्बन्धित जिल्लाबाटै हुने र अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी जुम्लालाई तोकिएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्