काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ ।
एनआरटी तेस्रो तथा एपीएफ पाँचौं जितको खोजीमा हुनेछ ।
एनआरटी १० अंकका साथ ११ औं स्थानमा रहँदा एपीएफ १४ अंक जोडेर आठौं स्थानमा छ ।
यसैगरी, शुक्रबार दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
पुलिस दोस्रो तथा आर्मी पाँचौं जितको खोजीमा हुनेछ ।
पुलिस ५ अंकका साथ पुछारमा रहेको छ भने १५ अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्