Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


निषेधित आत्मीयता


91
Shares

काठमाडौं । समय कति छिटो बितेछ। उनीसँग भेट हुन नपाएको भर्खर जस्तो लागिरहेको थियो । तर करिब २२ वर्ष बितेछ।

छुट्टिएपछि कुनै अवसरमा पनि उनीसँग भेट नै भएन। अहिलेजस्तो न सामाजिक सञ्जाल न मोबाइल फोन। त्यसैले पनि सम्पर्क हुन सकेन। फेरि त्यसरी भेट्ने गरी हाम्रो सम्बन्ध जोडिएको पनि थिएन। अव्यक्त भावमै अल्झेको सम्बन्ध जसरी जोडिएको थियो, त्यसैगरी नै तोडिएको थियो।

सम्बन्ध तोडिँदा एक किसिमको नरमाइलो मनमा थियो नै, त्यही पनि मुटुलाई नै छुनेगरी चित्त दुखेको भने थिएन। करिब २ वर्ष उनको नजिक भएर बस्दाका दिनहरू जीवनको पाटोसँग जोडिएका कारण यादहरू भने अमीट नै थिए। कहिलेकाहीँ कहाँ होलिन्, के गर्दै होलिन् भन्ने कुराको जिज्ञासा लागिरहन्थ्यो।

हुन त उनको घर नदेखेको होइन। तैपनि घरसम्मै गएर भेट्ने आँट र हैसियत थिएन। अहिलेजस्तो चौबीसै घण्टा मोबाइल फोन च्यापेर कसको फोन आउँछ भनेर पर्खिरहने वा फेसबुक म्यासेन्जरमा कुरेर बस्ने सुविधा पनि त थिएन। आज यतिका लामो समयपछि अचानक फेसबुकमा आएको फ्रेन्ड रिक्वेस्ट देखेपछि मनमा अनेक कुरा खेलिरहे। कसरी याद आयो उनलाई यतिका वर्षपछि, मनमा लागिरह्यो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।