विराटनगर, भदौ १७ । जिल्ला प्रहरी कार्यालय मोरङले दुई साता अघि विराटनगर महानगरपालिकामा बम बिष्फोट गराएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहाका २० बर्षीय अभिमनु गिरी, २४ बर्षीय राम रिझन यादव र मोरङका ५३ बर्षीय मनोज कुमार सिंह रहेका छन् ।
उनीहरु तीनै जना जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
गत साउन २७ गते विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष बाहिर बम बिष्फोट गराइएको घटनामा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्