Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सन्दीप लामिछानेको मुद्दामा चिकित्सकको बकपत्र लिन आदेश


1.5k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालकाे एकल इजलाशले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हाे।

अन्तिम सुनुवाइ गर्नुअघि न्यायाधीश बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश दिनुभएकाे हाे ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र चाहिने माग गरेका थिए ।