Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


दीपेन्द्र ऐरीको कप्तानीमा टी-२० टोली र रोहित पौडेलको कप्तानीमा एकदिवसीय टोलीकाे घोषणा


377
Shares

काठमाडौं । घरेलु मैदानमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) सँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा भएको छ ।

नेपाल क्रिकेट स‌घ (क्यान) ले शुक्रबार टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अब नेपालको टी–२० टोलीको कप्तानी दीपेन्द्र र एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने क्यानले जनाएको छ । नेपाल र यूएईबीचको टी–२० शृङ्खला आउँदो सोमवार र मङ्गलवार हुनेछ । त्यस्तै, नेपाल, यूएई र ओमान सम्मिलित लिग–टु यहि वैशाख १२ देखि २२ गतेसम्म हुने भएकाे हाे । दुवै प्रतियोगिता कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने भएकाे छ ।

टी–२० टाेलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रेहेका हुन् । वैकल्पिक खेलाडीमा प्रतिस जिसी, नारायण जाेशी र रशिद खान रहेकाे क्यानले जनाएकाे छ।

लिग-टु टाेलीमा भने रोहित पाैडैल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका हुन् ।

साथै वैकल्पिक खेलाडीमा भने हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेकाे क्यानले जनाएकाे छ ।