
चितवन, भदौ १७ । चितवनमा भव्य रुपमा रोपाई जात्रा मनाईएको छ ।
नेवार समुदायले विशेष रुपमा मनाउने यस पर्वमा पछिल्लो समय सबै समुदायको उपस्थिति हुने गरेको छ ।
विशेषगरि नेवार समुदायले आफ्नो संस्कृति झल्कने गरी रोपाइँ जात्रा धूमधामले मनाएका छन् ।
कृष्णजन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिरले नारायणगढले आज नारायणगढ बजारमा जात्रा निकालेको हो । जात्रामा कृष्णकै भेषमा बालबालिका अनि राधिकाको भेषमा महिलाहरुलाई सहभागी गराइएको थियो ।
विशेषतः नेवार जातिमा ख्याति प्राप्त यो जात्रा चितवनमा हरेक वर्ष नारायणी कला मन्दिरले निकाल्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्