१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


उपेन्द्र यादवले बारा –२ मा दर्ता गरे उम्मेदवारी


494
Shares


काठमाडौं । बारा क्षेत्र नम्बर –२ मा आगामी बैशाखमा १० गते हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

अध्यक्ष यादवले सोमबार दिउँसो कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । यही चैत ३ सो क्षेत्रबाट प्रतिनिधि सभामा विजयी बन्नु भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यसकारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो । अध्यक्ष यादव गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सप्तरी –२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुनुभएको थियो ।

अध्यक्ष यादवलाई सत्ता गठबन्धमा रहेका जनमत पार्टी बाहेकका दलहरुको समर्थन रहेको छ । यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट रमेश खरेलले उम्मेदवारी दिने बताएका छन् । त्यसैगरी अन्य दलहरुले पनि उम्मेदवारी दिने बताएका छन् । रामसहायलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादव बारा–२ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न लागेको यस अघि नै चर्चा चलेको थियो ।