
काठमाडौं । नेपालकै कान्छो बिहारको रुपमा चिनिएको गुणाकर महाबिहारको मुल ढोकामा रहेको ऐतिहासिक सिंह क्षतिग्रस्त भएको छ ।
३ सय ५५ वर्ष वढी पुरानो महाविहारको पुरातात्विक महत्वको एउटा सिंह क्षतिग्रस्त भएको हो ।
सिंह कसरी क्षतिग्रस्त भयो भन्ने थाहा हुन सकेको छैन् । तर, गयराति सवारी साधनको ठक्करले सिंहमा क्षति पुगेको हुनसक्ने बताइएको छ ।
क्षतीग्रस्त सिंहलाई हाल स्थानीयले छोपेर राखेका छन भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । साथै वडा नं २७ मा विगतमा रोकिएको गुणाकर महाविहारको अभिन्न अगं रहेको ऐतिहासिक सत्तलमा क्लबको भवन फेरी बनाइएको छ ।
स्थानीयको विरोध र अख्तियारमा उजुरी परेपछि क्लब भवनको निमार्ण कार्य रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्