
काठमाडाैं । नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दावी गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उहाँले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दावी गर्नुभयो ।
उहाँले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप समेत लगाउनुभयाे । अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको उहाँले बताउनुभयो ।
उहाँले सभापति लामिछानेको पार्टी आफैँअस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पष्ट बुझिसकेको बताउनुभयो । नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दावी गर्नुभयो ।
चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको नेता श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्