११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि


0
Shares

काठमाडौं, भदौ १६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनेमा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०/३० जना सैनिकको सहभागिता हुनेछ ।

सदस्य राष्ट्रका सैनिकको पहिलोपटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतंकवाद र विपद् व्यवस्थापन विषयमाकेन्द्रित रहनेछ ।

यस्ता अभ्यासले एक–अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझ्न, विपद्को समयमा मिलेर खोजतलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको छ ।

उक्त अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुने पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतंकवादका विषयमाकेन्द्रित रहेर विभिन्न देशका सैनिकबीच यस्ता संयुक्त अभ्यासले निरन्तरता पाउँदै आएको छ । रासस