भैरहवा, भदौ १६ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका उनले सम्मेलन सकिएपछि लुम्बिनीको भ्रमण गरेका हुन् ।
राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्ध पदचाप, चिह्न, बुद्धको जन्मस्मारक शिला, अशोकस्तम्भ, पुष्करिणीलगायतका महत्वपूर्ण वस्तुहरुको अवलोकनसमेत गरेका थिए ।
शनिबार बिहान विशेष विमानमार्फत् लुुम्बिनी आइपुगेका राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलगायतले स्वागत गरेका थिए ।
उनी यहाँबाट शनिबारै काठमाडौं फर्केर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्