रुकुम, भदौ १६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा एक दम्पतीको साँघुबाट खसेर मृत्यु भएको छ ।
बाँफीकोट गाउँपालिका–८, दुलीगाउँ निवासी ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफीकोटको बडगाई खोलामा रहेको साँघु तर्नेक्रममा खोलामा खस्दा बगेर मृत्यु भएको हो ।
साँघुभन्दा करिब २०० मिटर पर श्रीमान्को शव र १५० मिटर पर श्रीमतीको शव फेलापरेको प्रहरीले शनिबार जनाएको छ ।
रुकुम पश्चिममा रहेका अधिकांश खोलामा पुल नहुँदा स्थानीयहरु जोखिमपूर्ण साँघु तर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्