१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेका दावा लामा पक्राउ


0
Shares

काठमाडौं, भदौ १६ । गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेका दावा लामा पक्राउ परेका छन् ।

लामा दुबईबाट आइरहेका बेला भारतको नयाँदिल्लीमा पक्राउ परेको बताइएको छ । सिक्किममा बसेर जुवा खेलाउने गरेको आरोपसमेत लागेका उनलाई कोलकाता प्रहरीलाई सुम्पिएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो । २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दावामाथि गोली प्रहार भएको थियो ।

गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो ।

विभिन्न अपराधमा आरोपित लामा २०६७ सालदेखि पटकपटक जेल पर्दै र छुट्दै आएका थिए ।