काठमाडौं, भदौ १६ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका भुटानका अन्तरिम सरकारका प्रमुख ल्योन्पो छिरिङ वाङचुक स्वदेश फर्किएका छन् ।
बिहीबार र शुक्रबार काठमाडौंमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुन आएका वाङचुक आज विहान स्वदेश प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।
यसअघि हिजो सम्मेलन समापन भएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ, म्यानमारका राष्ट्रपति विन मिन्ट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आ–आफ्नो देश फर्किएका थिए ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने भोलि मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्