८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


अमेरिका र क्यानडाबीच भएको व्यापारिक वार्ता निष्कर्षविहीन


0
Shares

वासिंटन, भदौ १६ । अमेरिका र क्यानडाबीच भएको व्यापारिक वार्ता निष्कर्षविहीन बनेको छ ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता, नाफ्टामा संशोधन गर्ने विषयमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेको हो । आउँदो हप्ता फेरि क्यानडाका अधिकारीसँग वार्ता गर्ने र नाफ्टाको संशोधन सम्बन्धमा सहमतिमा पुग्ने प्रयास गरिने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने क्यानडासँगको व्यापार सम्झौता अमेरिकी शर्तको आधारमा हुने बताएका छन् । क्यानडासँगको वार्ताअघि यसै हप्ता अमेरिका र मेक्सिकोबीच भएको वार्तामा भने आधारभूत सहमति जुटेको थियो ।

अमेरिकाले तत्कालका लागि मेक्सिकोसँग भएको सहमतिलाई मूर्त रुप दिने पनि जनाएको छ । क्यानडासँग सहमति नभएपछि अमेरिका–मेक्सिको–क्यानडाबीचको त्रिपक्षीय व्यापारको सम्भावना भने टरेको जनाइएको छ ।

ट्रम्पले सन् १९९४ मा भएको सम्झौतामा पुनरावलोकन गर्न माग गर्दैै आएका छन् । यो सम्झौताका कारण अमेरिकामा उत्पादन क्षेत्रमा रोजगारी कम हुँदै गएको ट्रम्पको तर्क छ ।