८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६ सय बढीले गरे मतदान


260
Shares

काठमाडौं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् ।

बिहीबार दिउँसो साढे १२ बजेसम्म संघीय संसदका २ सय ६७ र प्रदेश सभाका ३ सय ३६ जना सदस्यले मतदान गरेकाे राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार बिहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान जारी रहेकाे छ ।

संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८१ जना मतदाता रहेका छन् । राष्ट्रपतिकाे निर्वाचन बिहीबार दिउँसो ३ बजेसम्म संचालन हुने भएकाे छ ।