१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


कोही कसैको दोष नभएर समयको दोष थियो, कसैलाई गाली नगर्दिनुहोला : पल शाह


19.019k
Shares

काठमाडौं । अभिनेता पल शाहले होलीको अवसरमा सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

जेलबाट निस्केपछि पलले फेसबुकमार्फत पहिलो स्टाटस लेखेका हुन् । उनले स्टाटसमा कोही कसैको दोष नभएर समयको दोष भएको बताएका छन् ।

उनले होलीको अवसरमा आफ्नो परिवारसँग तस्बिर सार्वजनिक गर्दै मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको केवल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको भन्दै उनले एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुमा सदा सम्मान र सद्भाव रहने पनि उल्लेख गरेका छन् ।

उनको स्टाटस यस्तो छ :

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो ।
बितेको एक वर्षलाई मैले सिकाइको उर्बर समयको रुपमा लिएको छु । मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला । उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु । मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन । बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ । त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु । 🙏
रङ्गिन र सुखमय होस जीवन
होलीको शुभकामना सम्पुर्णमा १
❤️