६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


नक्कली सुनका गहना सशस्त्र प्रहरीद्वारा बरामद


546
Shares

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ ।

सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिनुभयो ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।

बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।