८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


जुगेडी पुलबाट कार खस्दा दुईजना घाइते


0
Shares

चितवन, भदौ १५ । काठमाडौंबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नम्बरको कार आफैँ अनियन्त्रित भई नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो । 

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन् ।

पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । (रासस)