जाजरकोट । दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्म चालू र पूँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो ।
३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २ सय ९१ रुपैयाँ खर्च भएको छ ।
अघिल्लो वर्षको भुक्तानी दिन बाँकी रकम यो वर्षमा भुक्तानी गरेपछि मात्र विकास बजेट खर्च भएको भाेलम बढेको देखिन्छ ।
अघिल्लो वर्षको झण्डै ३० प्रतिशतभन्दा बढी रकम भुक्तानी बाँकी रहेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्