
नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ ।
लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो ।
बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका थिए भने केही कक्षा कोठामा बेहोस भएका थिए । बेहोस भएकाहरुलाई तत्कालै पृथ्वीचन्द्र अस्पताल भर्ना गरिएको थियो ।
सामान्य उपचारपछि उनीहरु घर फर्केका छन् । बेहोस हुने सबै एउटै गाउँका हुन् ।
प्रतिक्रिया दिनुहोस्