Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइको काम पूरा: जनक शिक्षा


78
Shares

काठमाडाैं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू गरेको छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्ष चूडामणि पौडेलले प्रतिनिधिसभा चुनावको मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाएको बताउनुभएकाे हाे।

मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको कामलाई सँगसँगै गरेको केन्द्रले शैक्षिक सत्र २०८३ का लागि १ हजार २ सय ६० अधिकृत बिक्रेता चयन गरेको छ । यहि चैत १५ गतेदेखि बिक्रीको तयारी गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले केन्द्रलाई तोकिएका कक्षाहरूका लागि करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषय समेत गरी कूल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा अधिकांश पुस्तक छपाइकाे काम भइसकेको बताउनुभएकाे छ ।

केन्द्रले चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने ५ लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको जनाएकाे हाे ।