Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


काठमाडौं मेडिकल कलेज युनिट–२ दुवाकोटको उद्घाटन (तस्वीरसहित)


481
Shares

काठमाडौं ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अन्तर्गत युनिट–२ दुवाकोटको औपचारिक समुद्घाटन गरिएको छ।

दुवाकोटस्थित शिक्षण अस्पताल प्रांगणमा भएकाे उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका सँग अस्पतालले उपलब्ध गराउने सेवा–सुविधा सम्बन्धी सम्झौता समेत गरिएकाे छ ।

अस्पतालका अपरेसनल डाइरेक्टर नेत्रबन्धु बनियाँले उक्त कार्यक्रममार्फत स्थानीय स्तरमा स्वास्थ्य सेवा विस्तार र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताएका छन्।

नवनिर्मित अस्पताल युनिट सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। अस्पतालले विभिन्न आधारभूत तथा विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ।