Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सवारी बन्द गरी पृथ्वी राजमार्गको भित्ता काटिने


1k
Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मसग्नि–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडक खण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रातिमा यातायात अवरूद्ध गरिने भएको छ ।

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी रातिमा यातायात बन्द गरी कार्य गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गत पुस १९ गतेको बैठकबाट भएको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको हो । उहाँले वर्षाको समय सुरूवात हुनु अगावै सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ) को कार्य छिटो छरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।