Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी


1k
Shares

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना सत्ता सहयात्रीहरू एक ठाउँमा उभिन लागेका हुन् ।

पुरानो गठबन्धन ब्युँताउनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र जनता समाजवादीका शीर्ष नेताहरू अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार टुंग्याउने अन्तिम घडीमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले निरन्तर छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चार दलबीच भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले चार दलबीच धेरै विषयमा कुरा भएको बताउँदै अब फेरि एक ठाउँमा बसेपछि सहमतिको खाका तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।