Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


डेरी उद्योगीको दबाबमा बढ्दैछ दूधको मूल्य


403
Shares

काठमाडौं । सरकारले राष्ट्रिय दुग्ध विकास नीति २०७८ विपरीत दूधको मूल्य बढाउन लागेको छ । दूधको मूल्य वृद्धि भएको वर्षदिन मात्र भएको छ ।

दुग्ध नीतिमा वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्य हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ ।

गत पुस १६ गते नीतिविपरीत डेरी उद्योग संघले प्रतिलिटर १४ रूपैयाँ मूल्य बढाएको थियो । उक्त मूल्यको चौतर्फी विरोध भएपछि फिर्ता गर्न उद्योगी सहमत भएका थिए ।

अहिले फेरि सो नीतिविपरीत किसानको नाममा दुग्ध उद्योगी र दुग्ध सहकारीहरूको दबाबमा दुग्ध विकास बोर्डले प्रतिलिटर १० रूपैयाँ दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको उपभोक्ताकर्मी बताउँछन् । बोर्डले किसानको लागत मूल्य वृद्धि भएको भन्दै मन्त्रालयलाई मूल्य बढाउन सिफारिस गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।