१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


नामिबियामाथि नेपालकाे जित


1.742k
Shares

काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले शनिबार विश्वकप लिग-२ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

यी दुईले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि नै पूरा गरेकाे हाे । लिग-२ को एउटा शृंखलामा ३ खेल जितेको नेपालको यो पहिलो अवसर हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबियाको यो लगतार तेस्रो हार हो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गरेकाे हाे । नेपालको जितमा कुशल मल्ल, आसिफ शेख तथा ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका थिए । आसिफले ८१ रन बनाउँदा ज्ञानेन्द्रले ६५ रन बनाएका हुन् । कुशलले ६२ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

कप्तान रोहित पौडेल ३९ रनमा आउट भएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । करण केसीले १ विकेट लिएका थिए । नेपालले अब अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने भएकाे छ । लगातार तेस्रो जितले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशा बलियो भएको छ ।