
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा भोलि बिहीबार नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ ।
समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।
चार टोली सहभागी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको समुह चरण राउण्ड रोबिन लिगको आधारमा खेलाइएको थियो । तीन खेलबाट ७ अंक जोड्दै बंगलादेश समुह विजेता बन्यो भने ६ अंक जोडेको नेपाल दोस्रो भयो ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल बिहीबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्