काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ ।
भुटानको थिम्पुमा आइतबार सम्पन्न फाइनल खेलमा यो जोडीले भारतका पवित्रा र दीपिकाको जोडीसँग २–१ को सेटमा पराजय व्यहोरेको हो । पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारे पनि भावना र सुनिताको जोडी त्यसपछिका दुई सेटमा १४–२१ र ५–१५ ले पछि पर्यो ।
सेमिफाइनलमा भावना र सुनिताको जोडी भारतकै रेवती र श्वेताको जोडीलाई २१–१५, २४–२२ ले निरास बनाएको थियो । यसैगरी, पवित्रा र दीपिकाको जोडीले नेपालका कमला पुन र कोपिला रानाको जोडीलाई २१–१६, २१–२४ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
त्यसैगरी, कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा कमला र कोपिलाको जोडीले रेवती र श्वेताको जोडीसँग २०–२२, २१–१९, १४–१६ को पराजय व्यहोरेकाे छ।









प्रतिक्रिया दिनुहोस्