Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त


117
Shares

काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएकाे छ ।

उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिने तयारीमा रहेकाे छ ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् ।

उहाँसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उहाँले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका गराउनु भएकाे थियाे ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइ रहनु भएकाे छ ।