Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पथलैया–वीरगञ्ज औद्योगिक करिडोर : दुई दशकसम्म पनि पाएन मान्यता


78
Shares

बारा । बारा–पर्साको उद्योगीले सरकारसँग २० वर्षदेखि राख्दै आएको एउटा माग हालसम्म पूरा हुन सकेको छैन ।

दुई दशकयताका सबै सरकारसँग पहिलो मागकै रूपमा निरन्तर पथलैया–वीरगञ्ज औद्योगिक करिडोरलाई औपचारिक मान्यता दिन उद्योगीहरूले गरेको माग पूरा हुन नसकेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सिमरामा भएको तेस्रो साधारणसभाको अधिकांश समय करिडोरको सरकारी आधिकारिकताका बारेमा बहस केन्द्रीत बनेको थियो ।

सोही कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बोलीचालीमा रहेको करिडोरलाई औपचारिकता दिन २० वर्षदेखि एउटै कुरा नीति निर्माण तहका सबै क्षेत्रमा पुर्‍याउँदा समेत सरकारले चासो नगर्नुको कारण आफूले पत्ता लगाउन नसकेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।