Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न उहाँको माग छ ।