काठमाडाैं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले श्रेणीविहिन करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएकाे हाे । वर्षौदेखि काम गर्दै आएका कर्मचारीलाई सरकारले हटाउने षड्यन्त्र गर्नु सर्वोच्च अदालतको फैसला विरुद्ध पनि हुने हुनाले यसमा तत्काल पुनर्विचार गर्नुपर्ने सांसद राईको भनाइ छ । सरकारले उनीहरुलाई पनि महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयनमा ल्याउन पनि ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारले गरिव नागरिकलाई निमिटयान्ने पार्ने काम गरिरहेको पनि जिकीर गर्नुभएकाे छ । सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्ति संसदको अभिलेखबाट नहटेसम्म आफूहरुको विरोध कायमै रहने अडान समेत राख्नुभयो । उहाँले वर्तमान सरकारको राष्ट्रविरोधी गतिविधिको जति निन्दा गरेपनि कम हुने बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्