Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


सरकारले सम्पत्ति छानविन गर्ने काममा समेत राजनीति गरेको राप्रपाकाे आरोप

प्रधानमन्त्री शाहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति विरोध कायमै राख्ने

169
Shares

काठमाडाैं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता ज्ञानबहादुर शाहीले सरकारले सम्पत्ति छानविन गर्ने काममा समेत राजनीति गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे आराेप लगारउनुभएकाे हाे । आफ्ना मन्त्री र नयाँ संसदहरुको सम्पत्ति छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकिर छ। गृहमन्त्री गुरुङको सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताउनुभयो । नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउने पर्नेमा अन्यथा गरिरहेको पनि बताउनुभएकाे छ। मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

नेता शाहीले नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरुको विरोध कायमै रहेको पनि बताउनुभएकाे छ।