१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


आज शहिद दिवस: विविध कार्यक्रम गरी मनाइँदै


234
Shares

काठमाडौं । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज (साेमबार) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने चलन रहेकाे हाे । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हो ।

शुक्रराज शास्त्रीलाई वि.स. १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो ।

त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा मारिएकाहरुलाई पनि शहिद घोषणा गरिएको छ ।