१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


मेयर बालेनको पद धरापमा!


2.99k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ ।

निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा परेको हो ।

स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ ।

यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् ।