Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दिप


351
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा भने सन्दी लामिछाने अटाउन सकेका छैनन् ।

बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका लामिछानेलाई भने बन्द प्रशिक्षणमा क्यानले बाेलाएकाे छैन।

क्यानका अनुसार बन्द प्रशिक्षणमा कुलश भुर्तेल,आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा रहेका छन्।

त्यस्तै किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्की,मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएकाे छ।